ad

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, १ घाइते

Nepal Live

नवलपरासी– पूर्व‐पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। 

ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु१ख ५३८४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१६प २८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको थियो। 

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय दण्डबहादुर पुन गम्भीर घाइते भएका छन्। उनको भरतपुरको कलेज अफ मेडिकल साइन्सेस(पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार