काठमाडौं– ललितपुरमा ठुलो परिणाममा नक्कली रुपैयाँ फेला परेको छ। एक हजार दरका ४ लाख ५० हजार नक्कली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार धापाखेलस्थित कल्याण लामाको टहरामा बस्दै आएका सिन्धुलीका सुदिप तामाङ र ललितपुरका साजन लामासँग एक हजारका ४५ सय ५० वटा नक्कली नोट बरामद भएको हो।
उनीहरुको गिरोहबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसमा ठुलै गिरोह आबद्ध भएको हुनसक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।