सुर्खेत- सुर्खेतमा जेठ ३ गतेदेखि सुरु हुने रुस्लान कर्णाली प्रिमियर लिगका लागि रुपेन्देही–११ ले टिम घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका खेलाडी शक्ति गौचनको कप्तानीमा टिम घोषणा गरिएको हो ।
शक्तिको टिममा कृष्ण कार्की उपकप्तान छन् भने सौरभ खनाल, सन्दिप सुनार, विकास श्रेष्ठ, वासिर अहमद, विक्रम भुषाल, धिरज शाही, शंकर राना, सुमन पाण्डे, निश्चल चौधरी, तुलबहादुर थापा, सुरज दराई र पुरन विक टिममा परेका छन् । यस्तै वैकल्पिक खेलाडीमा प्रज्वल थापा, रुपेश कुर्मी, हर्जित सिंह र अजय कौशिला छन् ।
टिमको कोच जंगबहादुर थापा छन् भने टिम म्यानेजरमा बसन्त शाही रहेका छन् ।
बन्धुबिकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र सुर्खेत जिल्ला क्रिकेट संघको संयोजनमा हुने प्रतियोगितामा विभिन्न १० वटा टिमले सहभागिता जनाउँदैछन् । कर्णालीमा पहिलो पटक क्रिकेट प्रिमियर लिग हुन लागेको हो । प्रतियोगिताको विजेताले नगद तीन लाखसहित ट्रफी र उपविजेताले नगद एक लाख ५० हजारसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।