काठमाडौं– ‘यात्रा- अ म्युजिकल भ्लग’ फिल्मको छायांकन सुरु भएको छ।
मंगलबार राजधानीको कमलादीस्थित गणेस्थानमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।
डेब्यु फिल्म ‘ए मेरो हजुर २’ बाट चर्चामा आएका अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, डेब्यू अभिनेत्री मल्लिका महत लगायतका कलाकारहरुको मुख्य अभिनय रहने फिल्ममा बालकलाकार अंकित संग्रौला र चीनका २ कलाकारको पनि अभिनय रहनेछ।
फिल्मको नियमित छायांकन भने जेठ ७ गतेबाट गरिने फिल्मका निर्माता केशव भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।