एजेन्सी– बहुप्रतीक्षित बलिउड फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ।
रिमो डिसुजाको निर्देशित फिल्मको ट्रेलरमा एक्सनले भरपूर देखिन्छ। २००८ को सफल एक्सन थ्रिलर रेस’ तेस्रो सिरिजमा सलमान खान, अनिल कपुर, ज्याकलिन फर्नान्डिज, बबी देवल, डेजी शाह लगायत कलाकारहरुको मुख्य अभिनय छ।
दृश्यप्रधान फिल्मको ट्रेलरमा अभिनेत्री ज्याकलिन पनि एक्सन अवतारमा देखिएकी छिन्।
'रेस ३' जून १५ (असार १) बाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।