एजेन्सी (मुम्बई)– बलिउड अभिनेत्री माधुरी दीक्षित आजबाट ५१ वर्षकी भइन्। सन् १९६७ मे १५ मा जन्मिएकी उनी ३४ वर्षअघिबाट बलिउडमा सक्रिय कलाकार हुन्।
बलिउडमा माधुरीका त्यस्ता धेरै रेकर्डहरु छन् जसले उनको पहिचानलाई अहिले पनि ताजा बनाइदिन्छ।
सामान्यतया मानिसलाई ५ देखि १० केजीसम्मको भारी वस्तु बोकेर वरपर गर्न कठिन हुन्छ। तर माधुरीले कुनै समय ३० केजीको लेहेङ्गा लागाएर नृत्य गरेकी थिइन्। करिब २० लाख मूल्य बराबरको लेहेङ्गामा माधुरीले उत्कृष्ट अभिनय गरेर दर्शकहरुबाट प्रशंसा बटुलेकी थिइन्।
भारतीय निर्देशक संजयलीला भंसालीको फिल्म देवदासमा माधुरीले उक्त लेहेङ्गा लगाएर नृत्य गरेकी हुन्। फिल्ममा माधुरीसँगै शाहरुख खान र ऐश्वर्या राय मुख्य अभिनयमा थिए। उक्त फिल्म निर्माणको लागत करिब ४४ करोड थियो भने फिल्मको सरदर कमाइ ६८ करोड।
माधुरी विशेषगरी सन् १९९२ को फिल्म ‘बेटी’बाट चर्चामा आएकी हुन्। उक्त फिल्म श्रीदेवीका लागि तयार पारिएको थियो तर पछि माधुरिले स्थान पाइन्।
माधुरी अभिनयसँगै अध्ययनमा पनि अब्बल अभिनेत्री हुन्। उनले माइक्रो बायोलोजीमा स्नातकोत्तर हासिल गरेकी छन्।
अन्य केही कलाकार जस्तै माधुरीले पनि अभिनयमा आउनुअघि फिल्मी करिअरको सपनासम्म देखेकी थिइनन्। संयोगवश १९८४ मा फिल्म अबोधबाट फिल्मी करिअरको यात्रा थालनी गरेकी उनी अहिले पनि चर्चित छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।