शिव श्रेष्ठले गरे करिश्माको तारिफ– भगवान्‌ले फुर्सदमै बनाएका हुन्

Nepal Live

काठमाडौं– अभिनेता शिव श्रेष्ठ यतिबेला फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को निर्माणमा जुटेका छन्। लामो समय फिल्मी यात्राबाट विश्राम लिएका उनी अब ‘एउटा यस्तो प्रेम कहानी’बाट निर्माता र कलाकारको रुपमा पुन: देखिन लागेका हुन्।

उनले नेपाली फिल्म नगरीमा आफूलाई निर्माता र कलाकारका रुपमा मात्र कमब्याक गर्दै छैनन्, सँगै छोरा शक्ति श्रेष्ठलाई पनि नेपाली फिल्म उद्योगमा डेब्यु गराउँदै छन्। श्रेष्ठका छोरा शक्तिको अपोजिटमा चर्चित नायिका करिश्मा मानन्धरकी छोरी कविता देखिनेछिन्। फिल्ममा शिवले करिश्मालाई पनि भूमिका दिएका छन्।

फिल्मको पहिलो टिजर सार्वजनिक कार्यक्रममा मंगलबार शिवले करिश्माको खुब तारिफ गरे। उनले नेपाली अभिनेत्रीहरुमध्ये करिश्मालाई भगवान्‌ले पनि फुर्सदमै बनाएको बताए। 'उमेर बढ्दै गए पनि सुन्दरतामा कुनै कमी आएको देखिँदैन,' उनले भने, 'नेपाली अभिनेत्रीहरुमध्ये करिश्मा ड्रिम गर्ल नै हो।'

फिल्म एउटा यस्तो प्रेम कहानी अहिले छायांकनका लागि फ्लोरमा गइसकेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार