काठमाडौं– फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को अफिसियल टिजर सार्वजनिक भएको छ। मंगलबार राजधानीको क्यूज सिनेमा हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।
अभिनेता शिव श्रेष्ठको निर्माण तथा उनकै प्रस्तुति रहेको फिल्मको पहिलो एक्सन टिजर सार्वजनिक गरिएको हो। यससँगै फिल्मका अन्य टिजर पनि सार्वजनिक गरिने श्रेष्ठले बताए। सार्वजनिक टिजरमा अभिनेता शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, नरेन खड्का, संजोग राणा अभिनेत्री प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारहरुको एक्सन अवातार देख्न सकिन्छ।
फिल्ममा अन्य कलाकारहरु विष्णु चेम्जोङ, रेखा फागो, बसुन्धरा भुसाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइराला लगायतका कलाकारहरुको पनि अभिनय छ।
सार्वजनिक ट्रेलरमा डेब्यु नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धरलाई भने प्रस्तुत गरिएको छैन।
अभिनेता श्रेष्ठले नै फिल्म लेखेका हुन् भने दिपेश सापकोटाले निर्देशन गरेका हुन्।
फिल्मकाे टिजर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।