काठमाडौं- मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ। नेप्से परिसूचक ४ दशमलब ३२ अंकले घट्दा कारोबार रकम १४ करोड ९२ लाख ३९ हजार ९ सय ५५ रुपैयाँमा खुम्चिएको छ।
मंगलबार नेप्सेमा १ सय ४३ कम्पनीको सेयर कारोबार भएको छ। यस दिन परिसूचक १ हजार ३ सय ३३ दशमलब ८५ को बिन्दुमा आइपुगेको छ।
मंगलबार कारोबारमा आएका ट्रेडिङ र उत्पादन तथा प्रशोधन समूह बाहेक अरु समूहमा गिरावट आएको छ। ट्रेडिङ समूह ५ दशमलब ४९ अंकले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा २८ दशमलब १६ अंकको वृद्धि भएको छ।
यता सर्वाधिक गुमाउनेमा होटल समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। यस समूहको सेयर मूल्य ३२ दशमलब ९५ अंकले घटेको छ। त्यस्तै, जलविद्युत् समूह १३ दशमलब १४ अंकले गिरावट आएको छ।
मंगलबार मिर्मिरे माइक्रोफाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको ८६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। प्रिमियर इन्स्योरेन्स कम्पनीको ५४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय २१ रुपैयाँ अर्थात् ९ दशमलब ९५ प्रतिशतले बढेको छ। त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ५५ रुपैयाँ कमाएका छन्।
यता जनउत्थान सामुदायिक लघुवित्तका लागनीर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्यमा ४ दशमलब ९ अंकले गिरावट आएर प्रतिकित्ता १ सय ४५ रुपैयाँ कायम भएको छ। त्यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ५ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।