ad

कर्मचारीलाई जिम्मेवार बनाउन डडेलधुराको आलिताल गाउँपालिकामा ई–हाजिरी सुरु

Nepal Live

डडेलधुरा– डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकाले बिहीबारबाट ई–हाजिरी सुरु गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्यालय आउने–जाने समय नियमित रुपमा नियमन गर्न सहज होस भन्ने उदेश्यका साथ सेवा सुरु गरेको गाउँपालिका प्रमुख बलबहादुर गुरुङले बताए।

गाँउपालिका र वडावाट दिने सेवा सुविधालाई, पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाइ कर्मचारीलाई जिम्मेवार बनाउन सिसी क्यामेरा पनि जडान गरिएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए।

ई–हाजिरी गाउँपालिकाका ८ वटै वडा कार्यालयमा र गाउँपालिकामा रहेकाका ११ वटा माध्यामिक विद्यालयमा समेत सुरु गरीने भएको छ। विद्यालयमा शिक्षक, कर्मचारीहरुले नियममा बसी कार्य सम्पादन गरुन् भनी विद्यालयमा समेत ई–हाजिरी मेसिन जडान गरिने अध्यक्ष गुरुङले जानकारी दिए। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार