काठमाडौं– हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित फिल्म ‘चङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो।
अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको ‘चङ्गा’ सत्य घटनामा आधारित भएर निर्माण गरिएको निर्देशक भण्डारीले बताए।
उनले फिल्म सत्य घटनासँगै पारिवारिक-सामाजिक कथावस्तुमा आधारित रही त्यसमा हास्य रस मिसाइएको बताए। निर्देशक भण्डारीकै लेखन रहेको ‘चङ्गा’लाई रविन आचार्यले छायांकन गरेका हुन् भने फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ।
फिल्म यही जेठ २५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।