काठमाडौं- जनकपुरमा प्रहरीको लाठी चार्जबाट घाइते भएका नेकपा स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्रीहरू मातृका यादव,रामचन्द्र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।
प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी गरिएको नेकपा केन्द्रीय सदस्य विश्वनाथ साहले जानकारी दिए।
पूर्वमन्त्री यादव र झासहित सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादव र प्रदीप साहसमेत गरी ४ जना घाइते भएको केन्द्रीय सदस्य विश्वनाथ साहले बताए।
यादवको तिघ्रामा र अण्डकोषमा चोट लागेको र झाको टाउकोमा गम्भीर चोट भएको उनले बताए। दुवै जनालाई नर्भिक अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ।
यस्तै, अर्का घाइते साहको अवस्था भने गम्भीर भएको नेता साहले बताए। अरु सामान्य घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।