काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई लक्षित गर्दै गरिबको तरकारी फालेर ‘महान क्रान्ति’ गरेको टिप्पणी छन्। प्रचण्ड–माधव नेकपाले गरेको आमहड्तालप्रति आक्रोशित ओलीले गरिबको तरकारी फालेर महान क्रान्ति गरेको टिप्पणी गरेका हुन्।
किसान महासंघको भेलामा प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहमा कार्यकर्ता नै नभएको बताए। कार्यकर्ता आफ्नो पक्षमा भएको दाबी गर्दै प्रचण्ड र माधवकुमार नेपाललाई व्यङ्ग्य गर्दै उनले भने, ‘जनताले दु:ख पाएको गाडी चढेर तमासा हेर्दै हिँड्नु भएको छ।’
कार्यकर्ता नभएर नै प्रचण्ड र नेपाल सडकमा आएको उनको तर्क छ। ‘हामी यहाँ छौं’ लेख्ने मात्रै प्रचण्ड-माधव समूहमा रहेको उनले बताए। कम्युनिस्टको बर्को ओडेर बाटोमा बसेकाहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको उनले बताए।
किसानको समस्या समाधानको बाधक माधवकुमार नेपाल भएको आरोप लगाए। भूमि सम्बन्धी आयोग बन्न नदिने कार्य नेपालले गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।