काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय युवाले शुक्रबारको प्रदर्शनको प्रचारका लागि मार्चपास गरेका छन्। प्रदर्शनी मार्गबाट सुरु भएको युवा र्यालीलाई पूर्वमन्त्री महेश बस्नेतले अगुवाई गरेका छन्।
रातो टोपी लगाएर सडकमा आएका युवाले बन्दको विरोधमा नाराबाजी गरेका छन्। नेकपाको अर्को समूह (प्रचण्ड-माधव पक्ष) विरुद्ध चर्को नारा लगाएका छन्।
उनीहरूले ‘आई लभ यु केपी बा’, ‘अघि बढ केपी बा साथ दिन तयार छौं’ लगायतका नारा लगाएका छन्। प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाले भोलि, शुक्रबार काठमाडौंको नारायणहिटी दरबार अगाडि सभा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।