मोरङ- नेकपा (प्रचण्ड-माधव समूह)ले गरेको आमहड्तालमा उत्रिएका ५ जनालाई प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको छ।
मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित महानगर संघर्ष समितिका सहसंयोजक मीरा दाहाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
बन्दकर्ता शारदा मैनाली, चम्पा कार्की, मीना पोखरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगरमा सरकारी गाडी तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको बताइएको छ।
यता धरानमा भने मजदूर र बन्दकर्ताहरूबीच झडप भएकाे छ। भानुचाेकमा बन्दकर्ता नेकपा कार्यकर्ताले टेम्पोमा तोडफोड गर्न खोजेपछि मजदूरहरू र बन्दकर्ताबीच झडप भएकाे हाे।
ट्याम्पो चालकलाई दुर्व्यवहार गरिएको भन्दै मजदूरहरू हड्तालकाे विराधमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि केही मजदूर र नेकपा कार्यकर्ता सामान्य घाइतेसमेत भएको बताइएको छ।
पानीकाे गाडीमा तोडफोड गरेको भन्दै प्रचण्ड-माधव समूहका राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयाेजक विजय तामाङ पक्राउ परेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।