काठमाडौं- गोदरेज कन्जुमर प्रडक्टले गुडनाइट ब्रान्डको नयाँ उत्पादन गुडनाइट पावर चिप सार्वजनिक गरेको छ।
कम्पनीले मेसिनसहित ७२ रुपैयाँमा चिप बजारमा ल्याएको हो। एउटा चिप १५ दिनसम्म चल्ने र नयाँ किन्नुपरेमा ४८ रुपैयाँमा बजारमा सजिलै पाइने कम्पनीले जनाएको छ।
यो धुवाँरहित भएकाले क्वायल जस्तो स्वास्थ्यका लागि हानिकारक नभएको समेत कम्पनीले दाबी गरेको छ।
चिपको डिजाइनलाई दर्ता गरिएकाले आफ्नो प्रतिस्पर्धी कम्पनीले यसलाई नक्कल गर्न नसक्ने कम्पनीका बिजनेस म्यानेजर आशिष अग्रवालले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।