सिन्धुपाल्चोक– चितुवा मारेर सुकुटी बनाएर बेच्न खोज्ने चार जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. १२ स्थित पिपलटार बस्ने बर्ष भाईचा दनुवारले चितुवा मारेर मासु बेच्न लागेका हुन्।
प्रहरी चौकी भिमटार सिन्धुपाल्चोकबाट खटिएको प्रहरीको टोलीले उनको घरमा लुकाई छिपाई राखेको बाघको छाला र चार किलो चितुवाको मासु समेत बरामद गरेको हो। चितुवाको मासु सुकुटी बनाएर सुकाइएको अवस्थामा प्रहरीले बरामद गरेको हो।
चितुवाको मासुसहित प्रहरीले ईन्द्रावती गाउँपालिका वडा नं. १२ पिपलटार बस्ने २० वर्षिय नारायण दनुवार, २६ वर्षिय लक्ष्मण दनुवार, २४ वर्षिय सविन दनुवार, र वर्षिय ज्ञान बहादुर दनुवार पक्राउ गरेको छ। उनीहरु पक्राउ परेपछि भाईचा दनुवार भने फरार भएका छन्। जिल्ला वन कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।