काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीवारबाट सुरु हुँदैछ। भारत भ्रमण कोभिड-१९ सहकार्य र नेपाल भारत सीमासहितका विषयमा केन्द्रित हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबारदेखि शनिबारसम्म भारतको भ्रमण गर्ने उल्लेख गरेको छ।
नेपालमा प्रतिनिधिसभाको विघटनपछि विकास भइरहेका समयमा परराष्ट्रमन्त्रीकाे भारत भ्रमण हाे।
कतिपयले आगामी वैशाखमा चुनाव गराउने घोषणा गरेको यो सरकार कामचलाउ भइसकेको भन्दै यसले महत्वपूर्ण सवालहरूमा निर्णय गर्न नसक्ने बताइरहेका छन्। केही स्वतन्त्र ब्यक्तीहरुले उनकाे भ्रमणमाथी प्रश्न उठाएका थिए।
नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षीसँगै संयुक्त आयोगको बैठकमा भाग लिने छन्। त्यस बाहेक उच्चस्तरीय भेटवार्ताहरू गर्ने पनि परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
के छ भ्रमणका मुद्दा?
नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकका क्रममा नेपाल भारत सम्बन्धका कैयौँ विषयहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसमा व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड-१९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरिएको छ।
यसअघि सार्वजनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा ‘नेपालले भारतले अतिक्रमण गरेको भूमी भन्दै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने‚’ बताएका थिए।
नेपालको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव सहित अरू वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
अघिल्लो वर्ष काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्र सहितको भूभाग समेटेर नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको थियो।
त्यसपछि दुवै देशबीच कूटनीतिक स्तरमा चिसोपन देखापरेको थियो।
उक्त विवादपछि भारततर्फबाट त्यहाँका गुप्तचर निकाय रअका प्रमुख, स्थल सेनाध्यक्ष र परराष्ट्र सचिवले नेपालको भ्रमण गरेका छन्। विदेश सचिव हर्षवर्धन श्रृगलाकाे भ्रमणका क्रममा ज्ञवालीलाई भारत भ्रमणकाे निम्ताे दिइएकाे थियाे।
ज्ञवालीको भ्रमण उक्त विवादपछिकाे नेपालको तर्फबाट भएको सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो। याे भ्रमणले नेपाल भारतका विचमा थप राजनीतिक तहमा कुराकानी हुने ढाेका खाेल्ने सरकारकाे दावी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।