काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरिने स्थान राष्ट्रिय सभागृहको रंगरोगन र मर्मतसम्भार तीव्र बनाइएको छ। दुईदिने नेपाल भ्रमणमा भोलि आउन लागेका मोदीलाई काठमाडौंमा शनिबार अभिनन्दन गर्ने कार्यक्रम छ।
यतिबेला सभागृह परिसरमा सरसफाइका साथै नयाँ बिरुवा रोपिँदैछ भने भुइँ पुछ्ने र पोलिस गर्ने काम भइरहेको छ। भवनअगाडि रहेको पोखरीमा पानी हाल्ने, फोहरा तथा बिग्रिएका बत्तीहरुको मर्मत कार्यमा पनि प्राविधिकहरु खटिएका छन्।
कुर्सीहरुमा नयाँ कपडा लगाउका साथै सबैमा नम्बर हाल्ने काम पन भइरहेको छ।
अभिनन्दन गरिने मञ्चमा पनि नयाँ रातो कार्पेट बिछ्याइएको छ भने भवन अगाडिपट्टि नेपाल-भारतका झन्डाहरु फहाराउन थालेका छन्।
मोदी पुग्ने सभागृहका कोठा र स्थानमा नयाँ पेन्टिङ गरिए पनि उनी नजाने स्थानमा भने मर्मत तथा पेन्टिङका काम भएका छैनन्।
अभिनन्दन कार्यक्रमका लागि ५ सयभन्दा बढीलाई निमन्त्रणा गरिएको छ। तर कार्यक्रममा प्रधानमन्त्री केपी ओली जाने कार्यक्रम छैन। परराष्ट्रमन्त्री, मुख्यमन्त्री लगायतका अधिकारी सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।