काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेल निर्वाचन आयोग गएका छन्। उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीमाथि कारबाही गरिएको जानकारी दिन आयोग गएका हुन्।
आइतबार बसेको नेकपा स्थायी कमिटीले केन्द्रीय कमिटीमा ओलीमाथि कारबाहीको सिफारिस गर्ने निर्णय गरेको थियो।
'हिजोको स्थायी कमिटीको बैठकले केपी ओलीलाई कारबाहीको सिफारिस गरेको छ। यस विषयमा आयोगलाई जानकारी दिन हामी आयोगमा आएका छौं', उनले भने।
ओलीले संविधान विपरीत संसद विघटन गरेर गम्भीर गल्ती गरेको पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।