कैलाश विकास बैंकको नयाँ शाखा सिराहाको बेल्हामा

Nepal Live

काठमाडौं– कैलाश विकास बैंकले सिराहा जिल्लाको बेल्हामा ४९औँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले गरेका हुन्।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४९ पुगेको छ भने एटिएमको संख्या २२ पुगेको छ। बैंकले निकट भविष्यमा पर्सा जिल्लाको विरगंज, मनाङ्ग जिल्लाको धारापानी तथा अन्य विभिन्न ठाँउहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। बैंकले हाल सम्म २० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार