कविता : रंगीन कात्रोका टाटाहरु

 शैली

Nepal Live

रंगीन वस्त्रभित्र छोपिएका रक्ताम्य आला टाटाहरु
अनि निको हुन नसकेका पुराना घाउका खाटाहरु
असह्य पीडामै पनि जबर्जस्ती मुस्काएका ओठहरु
आखिर कहिलेसम्म?
आखिर कहिलेसम्म??

सुरक्षाको चौघेराभित्रै मौलाएको आतंक र अत्याचार
हक अधिकारको सेरोफेरोमा भइरहेको व्यभिचार
नैतिक आदर्शका नाममा घोचिएका वचनवाणका प्रहार
आखिर कहिलेसम्म?
आखिर कहिलेसम्म??

झलक्क हेर्दा सलक्क,टलक्क अनि ढकमक्क
नियाली हेरे अस्तव्यस्त, छरपस्ट अनि विभत्स
शान्ति! शान्ति!! शान्ति!!! श्मसान घाटझैं मुर्दाशान्ति
आखिर कहिलेसम्म?
आखिर कहिलेसम्म??

सहनशीलता हो कि कायरता? 
जिन्दगी हो कि बाध्यता??
बाँचेको हो कि केवल श्वास चलेको?
रंगीन कात्रोमा बेरिएको, आला घाउका टाटाहरु
अनि पुराना घाउका खाटाहरु
आखिर कहिलेसम्म?
आखिर कहिलेसम्म ??

जबर्जस्ती मुस्कुराएका ओठहरु,
सकीनसकी छोपिएका चोटहरु
आखिर कहिलेसम्म?
आखिर कहिलेसम्म??

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार