ad

केएल दुगड समुहको नयाँ उत्पादन ज्ञान चामलको पिठो बजारमा

Nepal Live

काठमाडौं– केएल दुगड समूहले ज्ञान चामलको पिठो बजारमा ल्याएको छ। बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान चामलको पिठो १ केजी र २५ केजी प्याकमा बजारमा ल्याएको समूहले जनाएको छ। 

ज्ञान चामलको पिठोबाट विभिन्न स्वादिष्ट खाद्यपदार्थहरु जस्तै सेल रोटी, नेपाली पुवा, चटामरी, योमरी, अनरसा, माडारोटी, ढिक्री, भक्का, इड्ली बनाउनको लागि उपयुक्त हुनुको साथै स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दावी छ।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थका आवश्यकताहरु पूर्ति गर्ने क्रममा समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो।

ज्ञान चामलको पिठो उत्पादनको लागि आफ्नै मिलमा उत्पादित उच्च गुणस्तरयुक्त चामललाई छुट्टै अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा पिसी, छानी प्याक गरिएको समूहले जनाएको छ। 

ज्ञान ब्राण्ड चामलको पिठो डिपार्टमेन्ट स्टोर तथा रिटेल पसलहरुमा देशभरी नै उपलब्ध छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार