काठमाडौं– नेपालले एसियाली भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगितामा माल्दिभ्सलाई पराजित गरेको छ।
नेपालले आइतबार बंगलादेशको मिरपुरमा भएको खेलमा माल्दिभ्सलाई २५–२१, २५–१८, २५–१५ को सोझो सेटमा पाखा लगाएको हो।
जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ। यसअघि नेपाल शनिबार भएको पहिलो खेलमा आयोजक टिम बंगलादेशसँग पराजित भएको थियो।
अब सोमबार माल्दिभ्स र आयोजक बंगलादेश बीचको खेलपछि समुह 'ए'बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ। समुहमा बंगलादेशको एक खेलबाट एक जित र नेपालले दुई खेलबाट एक जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।