काठमाडौं– ललितपुरको धापाखेलस्थित प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा अज्ञात समूहले बिष्फोट गराएको छ। बिष्फोटबाट घरको मुल गेटको सिसा तथा कम्पाउण्डको पर्खाल फुटेको छ।
आइतबार साँझ उनको घरमा बिष्फोट भएको हो। कसले बिष्फोट गरायो भन्ने खुलेको छैन। ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घरमा बिष्फोट भएको हो।
बिष्फोटमा कुनै मानवीय क्षती नभएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताए। बिष्फोट आवाजले स्थानीयहरु समेत तर्सिएका थिए।
बिष्फोट हुँदा प्रमुख आयुक्त यादब घरमै थिए। घरसँगै दुई वटा शंकास्पद झोला भेटिएका छन्। सेनाको टोली ल्याएर त्यसलाई डिस्पोज गर्ने तयारी भइरहेको डिएसपी सिलवालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।