ओटावा– क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडेउले सबै आणविक कार्यक्रम तथा मिसाइल परिक्षण बन्द गर्ने उत्तर कोरियाको घोषणाको स्वागत गरेका छन्। क्यानेडियन प्रशारण संस्था सिटिभीका अनुसार शनिबार प्रधानमन्त्री जस्टिनले सो घोषणाको स्वागत गर्दै सकारात्मक कदम भएको टिप्पणी गरेका हुन्।
‘आणविक कार्यक्रम बन्द गर्नु सबैभन्दा उत्तम कदम हो। मलाई लाग्छ कि घटनाक्रम सहि दिशामा अगाडि बढिरहेको यो सकारात्मक संकेत हो।’, लिबरल पार्टी सम्मेलनमा जस्टिनले भने, ‘म दुई कोरियाली प्रमुख नेताका बीचमा हुने उच्चस्तरिय भेटवार्ताको प्रतिक्षामा छु।’
शनिबार उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना सबै आणविक कार्यक्रम तथा मिसाइल परिक्षण बन्द गर्ने घोषणा गरेका थिए।
सो घोषणा आगामि मेमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन तथा जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तरका नेता किम जोङ उनले गर्ने भनिएको भेटवार्ताअघि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।