गोरखा- गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
संघले मेघा बैंकसँगको साझेदारी र स्थानीय साझेदार नागरिक अभियानसँग मिलेर छात्रवृत्ति वितरण गरेको हो।
सामुदायिक विद्यालयमा ९ देखि १२ कक्षामा अध्ययनरत पिछडिएका, भूकम्प वा द्वन्द्व प्रभावित, अपांगता भएका, गरिब, अनाथ वा एकल अभिभावक तथा अपांगता भएका अभिभावकका सन्तानले उक्त छात्रवृत्ति पाउनेछन्। संघका अनुसार छात्रवृत्ति १२ कक्षासम्म अध्ययन गर्नका लागि उपलब्ध गराइनेछ। जसमा विद्यालय पोसाक, जुत्ता खाजादेखि स्टेसनरीसम्म समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।