काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन रोक्न जारी भएको अन्तरिम आदेश विरुद्ध पाटन उच्च अदालतमा भ्याकेट (बदर गर्न वा रद्द गर्न) निवेदन दर्ता गराएको छ। एन्फाले मंगलबार उच्च अदालतमा यसअघि जारी भएको आदेशको जवाफ पनि दर्ता गराएको हो।
यसअघि एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले एन्फाको स्थगित निर्वाचित प्रक्रिया अघि बढाउन कानुनविद्सँग छलफल गरेका थिए। छलफलपछि मंगलबार भ्याकेट निवेदन दिइएको हो।
गत महिना उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो। दुवै जिल्लाले मताधिकारबाट बञ्चित भएको भन्दै रिट दायर गरेको थिए।
अदालतको आदेशसँगै निर्वाचन रोकिएपछि दुवै जिल्लालाई मताधिकार दिलाउन पहल भएको थियो। जसअनुसार गत २३ चैतमा मकवानपुर र २७ चैतमा भक्तपुरमा निर्वाचन भएको थियो। दुवै जिल्लाले मताधिकार पाएपछि एन्फाले भ्याकेट निर्वेदन दर्ता गर्दै यसअघि जारी भएको अन्तरिम आदेश खारेजीको माग गरेको हो।
भ्याकेटको सुनुवाई गर्दै अन्तरिम आदेश खारेज भए एन्फा निर्वाचन प्रक्रिया अघि बढ्नेछ। आदालती प्रकिया सकिएको १० दिनपछि मात्र निर्वाचन गर्न सकिने एन्फाले बताउँदै आएको छ।
यता एन्फाले भ्याकेट निवदेन दिएपछि अध्यक्षका प्रत्यासी कर्माछिरिङ पक्षले भोलिदेखि सुरु गर्न लागेको रिले अनसन स्थगित गरिएको शेर्पाले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।