ad

नयाँ राष्ट्रपति चयनका लागि क्युवामा संसद बैठक आह्वान

Nepal Live

हभाना– क्युवाको सरकारले नयाँ राष्ट्रपति चयनका लागि संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ।
 
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार यही अप्रिल १८ गते बस्ने गरी संसद बैठक बोलाइएकोे छ।

गणतन्त्र क्युवाको राज्यपरिषद्ले जनताको शक्तिको रूपमा जनताद्वारा निर्वाचित संसदलाई स्थापित गर्न सहमति दिएको छ। 

क्युवाको आधिकारिक रेडियो रेलोजले हवानामा रहेको सम्मेलन भवनमा संसदको बैठक बस्ने समाचार प्रसारण गरेको छ। नयाँ संसदको बैठकसँगै मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ।

लामो समयदेखि क्याष्ट्रो परिवारले नेतृत्व गरेको क्युवाको नेतृत्व अब फरक तरिकाले हुने भएको छ। नयाँ राष्ट्रपति चयन भएसँगै वर्तमान राष्ट्रपति राहुल क्याष्ट्रो शासन सत्ताबाट बाहिरिनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत