ad

नेपालगन्ज कप क्रिकेट : बाँके ब्लास्टरले पाल्पा योद्याजलाई हरायो

Nepal Live

नेपालगन्ज- नेपालगन्ज कप क्रिकेट प्रतियोगिता बाकेको कोहलपुरमा सुरु भएको छ। प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेल जिसान बाँके ब्लास्टरले जितेको छ। बाँकेले आर्शिरवाद पेन्ट्समाथि ६ विकेटको जित हात पराेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको निर्धारित २० ओभरमा पाल्पा योद्याजले १ सय ५३ रन बनाएको थियो। पाल्पा योद्याजका लागि सर्वाधिक रीत गौतमले अर्धशतक प्रहार गरे उनले ५० बल खेल्दै ६३ रन बनाए भने शरद खड्काले ३४ बल खेल्दै ३६ रन बनाए । त्यसै गरि प्रनित थापाले २४ रन बनाए । जिसान बाँकेका लागि अजय शाहानी तथा सोनु तामाडंले २ ,२ विकेट लिन सफल रहे ।

१ सय ५४ रनको विजय लक्ष्य बाँकेले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पार गरेको थियो। बाँकेका ओपनिङ ब्याट्सम्यान तथा कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै ४२ रन बनाए । निकै राम्रो सुरुवात गरेको जिसान बांके ब्लास्टरका लागि प्रेम तामाङले ३७ बल खेल्दै ३२ रन बनाए। सोनु तामाङले १२ बल खेल्दै ३६ रन बनाए। पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २-२ विकेट आफनो नाममा पारे । म्यान अफ द म्याच जिसान बाँकेका सोनु तामाङ बने । भोलि हुने पहिलो खेल एबरोल लुम्बीनी यात्रीज र जिसान बांके ब्लास्टर बिच तथा दोस्रो खेल एन आई सि एसिया दंगाली गोर्खाज र पप्प’ कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच हुने छ । 

प्रतियोगिताको उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले ब्याटिङ र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेन्डी शेर्पाले बलिङ गरेर गरेका थिए ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत