ad

एमाले सांसद तामाङ दुर्घटनामा घाइते

Nepal Live

धनगढी- नेकपा एमालेका प्रदेश ७ का सांसद तारा लामा तामाङ  सोमबार साँझ दुर्घटनामा परेका छन्।

धनगढी उपमहानगरपालिका–१ स्थित बेल्स क्याफे नजिकै से५प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सांसद तामाङ घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जनाए। तामाङलाई उपचारका लागि हवाइजहाजबाट काठमाडौं लगिएको छ।

नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष समेत रहका सांसद तामाङ प्रदेश ७ को संसदमा एमालेका प्रमुख सचेतक हुन्।

उनलाई ठक्कर दिने २५ वर्षीय मोटरसाइकल चालक शैलेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत