कोलकता– आइपिएल क्रिकेटमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा पनि खेल्न नपाउने भएका छन्। दिल्ली डेयरडेभिल्सले सोमबार कोलकाता नाइटराइडर्स विरुद्धको खेलमा सन्दीपलाई टिममा नराखेको हो।
कोलकतामा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको टिममा गौतम गाम्भिर, जासन रोए, रिशव पन्त, ग्लेन म्याक्सवेल, श्रेयास इयर, विजय शंकर, क्रिस मोरिस, राहुल टेवाइटा, साहवाज नदिम, मोहमद सामी र ट्रेन्ट बाउल्ट छन्।
आइपिएलमा पछिल्ला ३ खेलमा दिल्लीले २ खेलमा हार र १ खेलमा जित हात पारेको छ। कोलकताले पनि १ खेलमा जित र २ खेलमा पराजित भोगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।