ad

इन्धन बोक्ने ट्याङकरमा गाँजा, चालक समातिए, तस्कर फरार

Nepal Live


काठमाडौं– भारतका ठुला गाँजा तस्करहरुले नेपालबाट इन्धन बोक्ने ट्याङकरमा गाँजा तस्करी गर्न थालेका छन्। प्रहरीले एक सय ६० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। 
    
चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागू औषध गाँजा सहित २ जनालाई लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको हो। 

    पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन्। गाँजाका मालिकहरु फरार छन्। 

      व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

    बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआईजी ठुले राईले बताए। 

यस्तो धन्दामा ठुलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ। तर, गिरोहका सदस्यहरुलाई भने पक्राउ गर्न प्रहरी असफल भएको छ। ट्याङकरका धनीलाई पक्राउ गर्न समेत प्रहरीले चासो दिएको छैन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत