काठमाडौं– तत्कालिन एपेक्स डेभलपमेन्ट बैैंकको कर्जा अनियमिततामा संलग्न ऋणी पनि पक्राउ पर्न थालेका छन्। प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई सोमबार पक्राउ गरेको छ।
उनले बैंकका कर्मचारी तथा सञ्चालकलाई प्रभावमा पारेर कमसल जग्गा धितो राखी ११ करोड ९० लाख कर्जा लिएका थिए। कर्जा चुक्ता नगरेपछि बैंक समस्यामा परेको थियो।
हाल एनसिसी बैंकमा मर्ज भएको एपेक्समा डेढ अर्ब रुपैयाँ अनियमितता भएको थियो। सञ्चालकसहित सिआईबीले २० जनालाई पक्राउ गरिसकेको छ। घाटलामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
भेटवाल जलेश्जर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक हुन्। सो कम्पनीले पुरानो बसपार्कमा २९ तले ‘‘काठमाडौं भ्यू टावर’ बनाउँदै छ। तर, टावर बनाउन नभई अन्य कामका लागि सो कम्पनीले कर्जा लिएको थियो। भेटवाल क श्रेणीका ठेकदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।