काठमाडौं– पेसाले प्रहरी हुन् उमेश लम्साल। प्रहरी सेवासँगै गीत-संगीतप्रति पनि उनको लगाव उत्तिकै छ।
उनै लम्सालले आमाको मुख हेर्ने दिनको अवसरमा ‘झुकाएर शिर सधैं’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
राज सिग्देलले गाएको सो गीतमा बिबी अनुरागीले संगीत दिएका छन्। समग्र आमाहरुको सम्मानमा आफूले सो गीत रचना गरेको गीतकार लम्सालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।