ad

देउवाले भने– देशमा अधिनायकवाद सुरु भइसक्यो

Nepal Live

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।

'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद सुरु भइसक्यो। मनोमानी बढ्यो,' उनले व्यंग्य गर्दै भने, 'अब विकास गर्छन्, अधिनायकवादको...'

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले त्यतिन्जेल काम हेर्ने बताए। 'सुरुकै कामबाट धड्काधड्की विकास भएको छ,' देउवाले व्यंग्य गरे, 'कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन्।' 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुई वटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए।रासस

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत