काठमाडौं– गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘आजै मर्छु’ सार्वजनिक भएको छ। नयाँ वर्ष २०७५ को अवसर पारेर सामाजिक सञ्जाल युट्युबमार्फत गीतको सार्वजनिक गरिएको हो।
मायाँ, प्रेम र विछोडको वेदना समेटिएको गीतमा सलिना पोख्रेलको शब्द तथा दिपकराज विश्वकर्माको संगीत छ। करिब एक सयभन्दा बढी गीतमा संगीत गरिसकेका विश्वकर्माले यो गीतबाट बढी आशा राखेको बताए।
‘सलिनाजीले गजलको स्वरुपमा गीत लेख्नु भएको छ र सोहिअनुरुप नै मैले पनि संगीत गरेको हुँ।,’ उनले भने, ‘राजजीले पनि गायनमा न्याय गर्नु भएकोले गीत धेरै श्रोताहरुले मन पराईदिनेमा आशावादी छु।’
गीतमा मनोहर सोनामले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, चिरन्जिवी अधिकारी र महेश खड्काको अभिनय देख्न सकिन्छ।
आइतबार सार्वजनिक भिडियोमा प्रकाश धितालको निर्देशन, उत्सव दाहालको छायांकन र निसान घिमिरेको सम्पादन रहेको छ।
गीतकाे भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।