काठमाडौं– कमोडिटी डेरिभेटिभ (वस्तु बजार) सञ्चालनको लागि आजको मितिले २१ दिनभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने भएको छ।
बोर्डले वस्तु बजार सम्बन्धी नयाँ विधेयक पारित भएसँगै सञ्चालनका लागि अनुमति पत्र माग गरेको थियो।
बोर्डका अनुसार, सञ्चालन भइरहेका वस्तु बजारसम्बन्धि कम्पनीहरुले पनि सञ्चालन अनुमतिको लागि आवेदन दिनुपर्नेछ।
वस्तु बजार सम्बन्धी विधेयक पारित भएसँगै चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्ने भएको छ। यता, वेयर हाउसका लागि १५ करोड रुपैयाँ, राफसाफ तथा फछ्र्यौट लागि ७ करोड रुपैयाँ, व्यवस्थापकको लागि ५ करोड, परामर्शदाताका लागि १ करोड रुपैयाँ र वस्तु कारोबार दलालका लागि ५० लाख रुपैयाँ पुँजी हुनुपर्ने व्यवस्था छ।
विधेयकले बजार सुपरीवेक्षण तथा नियमनको अधिकार नेपाल धितोपत्र बोर्डलाई तोकेको छ। नयाँ वस्तु बजार कम्पनी सञ्चालन र पुरानालाई निरन्तरता दिन बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था छ।
नेपालमा सन् २००६ देखि सञ्चालनमा रहेको ‘कमोडिटी डेरिभेटिभ’ को पहिलो पटक सरकारले कानुन बनाएर नियमन गर्न विधेयक तयार पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।