एजेन्सी– सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीचको विवाद सतहमा आएको छ। पछिल्ला गतिविधिले दुवै देशबीचको कटु सम्बन्ध रोकिने संकेत भने देखिएको छैन।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आइतबार अमेरिकालाई चेतावनी दिँदै सिरियामा फेरी सैन्य कारबाही भए स्थिती भयाभह हुने चेतावनी दिएका छन्।
सिरियाको डुमामा भएको रासायनिक आक्रमणपछि शनिबार अमेरिका, फ्रान्स र बेलायतले एक संयुक्त कारबाही गरेका थिए। उनीहरुले सिरियाली सरकारका ३ अड्डामा बमबारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
लगत्तै रुसले सो आक्रमणलाई लिएर आलोचना समेत गरेको थियो। तर पहिलो पटक सो विषयमा आफ्नो विचार राख्दै पुटिनले सिरियामाथि कुनै आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन्।
रुसको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यदि संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्दै यस प्रकारको कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिती पैदा हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।