काठमाडौं– आइतबार बसुन्धरामा युवतीको हत्या गर्ने व्यक्ति युवतीकै प्रेमी भएको खुलेको छ। रिसको आवेगमा उनले हत्या गरेको प्रहरीले जनाएको छ।
हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिजय तामाङले हत्या गरेका हुन्। मृतकको नाममा पूर्णिमा बिक भएको बताइएको छ। तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न अवस्थामा शव भेटिएको थियो।
उनीहरु वितग ५ महिनादेखि सुकुम्बासी टोलमा सँगै बस्दै आएका थिए। आपसी विवादमा झगडा हुँदा टाउकोमा ढुंगाले हानेर उनले हत्या गरेका हुन्। आइतबार बेलुका नै अभियुक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
पूर्णिमा कोठा नआउने गरेका कारण उनीहरुबीच झगडा हुँदै आएको थियो। आइतबार पनि झगडा भएपछि उनले ढुंगाले हानेर टाउको फुटाएका थिए।
युवतीको शव अर्धनग्न अवस्थामा भेटिएकाले सुरुमा प्रहरीले बलात्कार प्रयासमा हत्या भएको आशंका गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।