काठमाडौं– युनाइटेड इस्योरेन्स कम्पनी (नेपाल)ले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १० बराबर २४ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीको वैसाख २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १ बराबर २ दशमलब ४ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको नेप्सेले जनाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। उक्त परिमाणमा हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने छ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर लगानीकर्ताले भने कम्पनीको आगामी साधारण सभा र बिमा समितिबाट स्विकृत भएपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।