गाईघाटमा २ घर जल्दा २० लाखको क्षति

Nepal Live

गाईघाट– उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागीबाट २ घर जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ का हस्तबहादुर सार्कीको घरको भान्सा कोठाबाट आइतबार साँझ सुरु भएको आगलागीले हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। 

आगलागीबाट दुवै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा, भाँडाकुडा र नगदसहित २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। 

स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएको थियो। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार