ad

कटुवा पेस्तोलसहित २ पक्राउ

Nepal Live

नेपालगञ्ज– नेपालगञ्जमा प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। 

  मनकामना ग्याँस उधोग नजिकै कोहलपुर–नेपालगंन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका– ६ वस्ने वर्ष ३६ को प्रमोद कुमार चमार र शोभाराम यादबलाई प्रहरीले पक्राउ गरेको हो। 

चमारले चलाएको भे ३ प ४३४ नम्वरको पल्सर मोटर साईकलमा लुकाई छिपाई हात हतियार ल्याउदै गरेको छ भन्ने सुचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय नेपालगंजबाट  असई राज कुमार सिंह समेतको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट  ३ वटा गोलीसहितको पेस्तोल भेटिएको हो। 

उनीसँग सोधपुछको क्रममा यादबसँग पेस्तोल किनेको बताएका थिए। त्यसपछि यादबलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको हो। संघीय प्रहरी इकाईले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरको छ। 
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत