काठमाडौं– गीतकार वसन्त थाम्सुहाङको दोस्रो सांगीतिक एल्बम ‘यायावर’ सार्वजनिक भएको छ। गीतकार संघ नेपालले काठमाडौंमा आइतबार कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम सार्वजनिक गरिएको हो।
गीतकार रत्नशमशेर थापा, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति बल्लभ, प्राज्ञ तथा साहित्यकार श्रवण मुकारुङ, संगीतकार आभाष, गीतकार योगेन्द्रमणि दाहाल, गीतकार दिनेश अधिकारी र गीतकार थाम्सुहाङले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका थिए।
एल्बममा ‘यायावर’, ‘न मर्नु न बाँच्नु’, ‘प्रणयका ती पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘ए चन्द्रमुखी’ र ‘नसोध साथी’ बोलका गीत समावेश छन्। गीतमा भिषण मुकारुङ, भविन ढुंगाना, झुमा लिम्बु, कर्मा ग्याल्छेन बम्जन तथा लसिमित राईको स्वर छ।
एल्बममा सामावेश गीतहरुमा अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङ र आभाषको संगीत रहेको छ।
कार्यक्रममा एल्बमको शीर्ष गीतको भिडियो ‘यायावर’ पनि सार्वजनिक गरिएको थियो।
थाम्सुहाङको २०६८ मा सार्वजनिक ‘अवशेष’ एल्बमको ‘ए चन्द्रमुखी’ बोलको गीत २०७१ मा वर्ष गीत घोषित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।