काठमाडौं– बसुन्धरामा आइतबार बेलुका युवतीको हत्या भएको छ। टाउकोमा ठुलो चोट लागेको अवस्थामा युवतीको शव बसुन्धराको खोला करिडोरमा भेटिएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। हत्यामा संलग्न भएको आशंकामा ८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए। हत्याको केही सूचनाहरु प्राप्त भइसकेको प्रहरीले जनाएको छ। बलात्कारको प्रयासमा प्रतिकार गर्दा उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।