पेरिस– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेञ्च लिग वानको उपाधि जितेको छ। आइतबार राति दोस्रो स्थानको मोनाकोमाथि ७–१ गोलले पराजित गर्दै पिएसजीले ५ खेलअघि लिगको उपाधि जितेको हो।
जितसँगै पिएसजीले ५ खेलअघि दोस्रो स्थानको मोनाकोसँग १७ अंकको अग्रता लिँदै उपाधि जितेको हो। पिएसजीले ३३ खेलबाट ८७ अंक जोडेको छ। दोस्रो स्थानको मोनाकोको समान खेलबाट ७० र तेस्रो स्थानको लियोनको ६६ अंक छ।
मोनाको विरुद्ध पिएसजीका लो सेल्सो १४ र २७, काभानीले १७, एन्जेल डि मारियाले २० र ५८ तथा ड्राक्सलरले ८६ मिनेटमा गोल गरे। मोनाकोका फाल्काओले ७६ मिनेटमा आत्मघाती गोल गर्दा रुनी लोपेसले ३८ मिनेटमा गोल गरेका थिए।
अघिल्लो सिजनको उपाधि मोनाकोले जितेको थियो। पिएसजले पछिल्लो ६ सिजनमा पाँचौ पटक उपाधि जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।