कलकत्ता– सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट युनिटी सेन्टर अफ इन्डियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ।
विरोध कार्यक्रमका सहभागीले अमेरिकी क्षेप्यास्त्र आक्रमणको विरोध गर्दै ‘आक्रमणको विरोध गरौँ’ भन्ने ‘प्लेकार्ड’सहित शहरका केही भागमा प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीले उक्त विरोध प्रदर्शनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला समेत जलाएका छन्। उक्त पुत्लामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र बेलायती प्रधानमन्त्री टेरेसा मेको आकृतिका रेखाचित्र रहेका थिए।
यही अप्रिल १३ गते अमेरिका, बेलायत र फ्रान्सले सिरियाली प्रशासनले आफ्नै जनतालाई लक्षित गरी रासायनिक हतियारद्वारा आक्रमण गरेको भन्दै आक्रमण गरेका थिए। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।