ad

कालीगण्डकीमा युवकको शव फेला

Nepal Live

रामपुर, पाल्पा- कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आज फेला परेको छ। 

नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आज फेला परेको हो। 

उनी पाल्पाको रानीमहल नजिकैबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बगेको स्थानबाट करिब दुई सय मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खनालसँगै नदीमा बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय संगम कार्की अझै फेला परेका छैनन्।रासस

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत