पानीको खाल्टोमा डुबेर ६ वर्षीय बालकको मृत्यु

Nepal Live

विराटनगर– पानीको खाल्टोमा डुबेर मोरङमा आइतबार ६ वर्षीय बालकको मृत्यु भएको छ।

रतुवामाई नगरपालिका २ डोरिया निवासी अदुवासिंह गनगाईका ६ वर्षीय छोरा आवेदसिंह गनगाईको डुबेर मृत्यु भएको हो। घर नजिकै खेलिरहेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेका थिए। 

उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र झुर्किया पुर्‍याएका थिए। सोही क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार