काठमाडौं– हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइन्यान्स कर्पोरेशन(आइएफसी) बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शमशेर राणा र आइएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ। महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो।
हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।